म्यानमारमा सैन्य कु विरुद्ध प्रदर्शनमा गोली लागेर मृत्यु हुनेको संख्या पाँच सय दस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८२, सोमबार

म्यानमारमा सैन्य कु विरुद्ध प्रदर्शनमा गोली लागेर मृत्यु हुनेको संख्या पाँच सय दस

एजेन्सी, १७ चैत । म्यानमारमा सैन्य कु विरुद्ध भइरहेको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर मृत्यु हुनेको संख्या पाँच सय दस पुगेको छ । फेब्रेअरी १ को सैनिक कुको विरोधमा म्यानमारमा भइरहेको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर पाँच सय दस जनाको मृत्यु भइसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

दशौँ लाख आम सर्वसाधारण विरोध प्रदर्शनमा उत्रिरहदा सुरक्षकर्मीले पनि कडा दमन गर्ने रणनीति लिएको कारण अहिलेसम्म ३ण्ल जनाभन्दाबढी बालबालिकासँगै ५ सय १० जनाको ज्यान गइसकेको छ । पछिल्लो समय म्यानमारका सरकारी कर्मचारीहरू पनि भद्र अवज्ञामा उत्रिएका छन् ।

सडकमा मृत्युहुनेको संख्या बढी रहँदा सुरक्षाकर्मीले घरभित्रै पसेर धरपकड तथा पक्राउ समेत गर्न थालेका छन् । म्यानमार सेनाको यो कदमको अमेरिका, बेलायत र युरोपियन युनियनले निन्दा गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);