ललितपुर महानगरद्वारा अपाङ्गता मैत्री सवारी साधन हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८३, सोमबार

ललितपुर महानगरद्वारा अपाङ्गता मैत्री सवारी साधन हस्तान्तरण

ललितपुर, १७ चैत। ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारको क्षेत्रमा कार्यरत एक संस्थालाइ अपाङ्गता मैत्री सवारी साधन क्याब हस्तान्तरण गरेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी महानगरका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारको क्षेत्रमा कार्यरत सो संस्थालाई अपाङ्गमैत्री सवारीसाधन हस्तान्तरण गरेका हुन् ।

अपाङ्गमैत्री सवारीसाधनमा महानगरको २० लाख लगानी रहेको छ भने अन्य संस्थाहरुले पनि यसमा आर्थिक सहयोग गरेका छन् । ललितपुर महानगरलाई अपाङ्गमैत्री शहर बनाउनका लागि यस कार्यले ठूलो सहयोग पुग्ने महानगरकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।

अपाङ्गता भएका व्यक्तिका सवालमा राज्यबाट ठोस सम्बोधन नभईरहेका बेलामा ललितपुर महानगरले अपाङ्गता भएका व्यक्तिहरुका लागि गरेको यस कार्यले आफूहरु सन्तुष्ट भएको बताएका छन् ।

Leave a Reply