एजेन्सी, १६ चैत । इन्डोनेशियाको जाभा प्रान्तस्थित तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको छ। पेर्तामिना तेल उद्योगले सञ्चालन गरिरहेको बालोन्गान प्रशोधन केन्द्रमा सोमबार बिहानैदेखि आगलागी भएको हो ।
स्थानीय समय अनुसार सोमबार बिहान पौने १ बजेदेखि सुरु भएको आगो हालसम्म नियन्त्रणमा आएको छैन । घटनामा पाँचजना घाइते भएका छन् भने झण्डै नौ सय ५० जनालाई सुरक्षित स्थानमा सारिएको र केही मानिस बेपत्ता समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
पेर्तामिनाले विज्ञप्ती जारी गर्दै आगलागीको कारण नखुलेको बताएको छ । यद्यपी आगालगी सुरु भएको बेला खराब मौसमका साथै, भारी वर्षा र बिजुली चम्किरहेको पेर्तामिनाको विज्ञप्तीमा उल्लेख छ ।