मोरङ, १५ चैत । होली पर्वको अवसर पारेर मोरङको सुन्दरहरैचा ५ मा रहेको राधेश्याम सेवा ट्रष्ट नयाँँ वृन्दावन गौशालामा फुलको होली मनाइएको छ ।
विगत वर्ष झै यस वर्ष पनि होली मिलन महोत्सव आयोजना गरि नयाँ वृन्दावनमा फुलको होली मनाइएको हो । कार्यक्रममा होली मिलन महोत्सवमा होली पर्वका विषयमा प्रवचन तथा होलीसंग जोडिएका धार्मिक भजनहरु गाइएको थियो ।
मिसावटयुक्त रंग दलेर होली खेल्दा स्वास्थ्यमा समस्या आउने तथा वृन्दावनमा श्रीकृष्ण सहित गोपिनीहरुले फुलको होली खेलेको किंम्बदन्ति रहेको छ ।
पुर्व क्षेत्रको एक प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकसित हुदै आएको नयाँ वृन्दावनमा विगत केही वर्ष यता देखि भक्तजनहरु समेतको सहभागितामा होली मिलन कार्यक्रम गरिदै आएको छ ।