काठमाडौं, १४ चैत । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको खेल साँझ साढे ५ बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल फाइनल पुग्ने लक्ष्यमा हुनेछ । नेपाल र बंगलादेश पुराना प्रतिद्वन्दी हुन् ।
पछिल्लोपटक बंगलादेशमा भएको मैत्रीपूर्ण प्रतिस्पर्धा अन्तर्गत नेपालले पहिलो खेल २–० ले गुमाएको थियो भने दोस्रो खेल भने गोलरहित बराबरीमा सकिएको थियो ।
नेपाल र बंगलादेशबीच हालसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १३ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । ३ खेल बराबरीमा सकिएको छ ।
पहिलो खेलमा किर्गिस्तानलाई हराएर बंगलादेश फाइनलमा पुगिसकेको छ । किर्गिस्तानसंग बराबरी खेलेर अंक बाडेको नेपालका लागि फाइनल पुग्न आज जित वा बराबरीको नतिजा आवश्यक छ ।