काठमाडौं, ११ चैत । स्थानीय बजारमा बुधबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
सुनको मूल्य बुधबार ८६ हजार ६ सय ९८ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला ८६ हजार ७ सय रुपैँयामा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मूल्यमा पनि मंगलबार सामान्य गिरावट आएको छ ।
मंगलबार प्रतितोला एक हजार २ सय ५० रुपैँयामा कारोवार भएको चाँदीको मूल्य बुधबार ११ रुपैँयाले घटेर एक हजार २ सय ३९ रुपैँया निर्धारण भएको महासंघले जनाएको छ ।