काठमाडौं, २४ असोज । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभामा ५५ सीट माग गरेका छन्।
प्रदेशसभामा १३१ सिट दाबी गरेका यी दुई पार्टीले कांग्रेसलाई जिल्लागत सूची नै बुझाएको छ। दुई दलले गठबन्धनको नेतृत्वकर्ता कांग्रेसलाई बुझाएको सूचीअनुसार संघीय फोरम र राजपाले काठमाडौंमा पनि प्रतिनिधिसभामा ४ र प्रदेशसभामा ८ सीट आफूँले पाउनुपर्ने माग गरेका छन्।
केन्द्रतर्फ संघतर्फ फोरम र राजपाले माग गरेका क्षेत्र
प्रदेश १ झापा, धनकुटा खोटाङ, इलाम, उदयपुरमा एक एक, सुनसरीमा २ र मोरंङमा ३ सिट।
प्रदेश २ हरेक जिल्लामा ३ सिट
प्रदेश ३ काठमाडौँमा ३, मकवानपुर र ललितपुर १-१ सिट
प्रदेश ४ नवलपुर, कास्कीमा १-१ सिट
प्रदेश ५ नवलपरासी, बर्दिया, दागमा १-१, कपिलबस्तु र बाँकेमा २-२, रुपन्देहीमा तीन
प्रदेश ७ कञ्चनपुर १, कैलाली २ सिट
प्रदेशतर्फ फोरम र राजपाले माग गरेका क्षेत्र
प्रदेश १ मोरङ ६, सुनसरी ४, उदयपु र झापामा २ २, धनकुटा लगाएत सबै जिल्लामा १ १ सिट
प्रदेश २ हरेक जिल्ला ६ सिटप्रदेश ३ काठमाडौँमा ६, दोलखा, कमवानपुर, ललितपुर, भत्तपुर, रामेछाप, काभ्रे, सिन्धुपाल्छोक, सिन्धुली र चितवनमा ११ सिट
प्रदेश ४ लमजुङ, गोरखा, बाग्लुङ, स्याङ्जा, तनहुँ, १-१, नवलपुर र कास्कीमा २२ सिट
प्रदेश ५ रुकुम पूर्व, पाल्पा १-१ सिट, नवलपरासी, बर्दिया, दाङमा २-२, कपिलवस्तु र बाँकेमा ४-४ र रुपन्देहीमा ६ सिट।प्रदेश ७ डोटीमा १, कञ्चनपुरमा २ र कैलालीमा ४ सिट।