काठमाडौं, १० चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसमी बदली रहने जनाएको छ ।
महाशाखाका अनुसार नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव अझै कायमै रहेको छ । अहिले देशभरका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको र बाँकी भूभागमा आंशिक बदली भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभरका पहाडी भूभागहरुका केही स्थानमा आशिंक र केही स्थानमा सामान्य बदली रहने छ । त्यसैगरी बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति भने केही स्थानमा बाहेक देशका अधिकाँस भूभागमा सामान्य नै रहने महाशाखाले जनाएको छ ।