दाहालको लाजमर्दाे राजनीति : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

दाहालको लाजमर्दाे राजनीति : कमल थापा

काठमाडौं, ९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लाजमर्दाे राजनीतिमा लागेको टिप्पणी गरेका छन्।

अध्यक्ष थापाले सोमबार ट्विीट गर्दै माओवादी केन्द्र अध्यक्ष दाहाल लाजमर्दो राजनीतिमा लागेको टिप्पणी गरेका हुन् । अध्यक्ष दाहालले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली विदेशीबाट पालिएको आरोप लगाएका थिए ।

राप्रपा अध्यक्षले केही समय अगाडि एउटै पार्टीमा भएका र देशको प्रधानमन्त्रीलाई वर्षाैंदेखि विदेशीबाट पालिएको आरोप लगाएकोमा आश्चर्य समेत व्यक्त गरेका छन् । यस्तो गम्भीर आरोप लगाएर पनि सरकारलाई दिएको समर्थन कायम राख्ने दाहालको राजनीति लाजमर्दाे भएको उनको ट्विीटमा उल्लेख छ ।

Leave a Reply