आइसल्याण्डको राजधानी रिकिविक नजिक विस्फोटित ज्वालामुखी शान्त बन्दै | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

आइसल्याण्डको राजधानी रिकिविक नजिक विस्फोटित ज्वालामुखी शान्त बन्दै

एजेन्सी, ८ चैत । आइसल्याण्डको राजधानी रिकिविकको दक्षिण–पश्चिमी क्षेत्रमा विस्फोट भएको ज्वालमुखी शान्त हुँदै गएको बैज्ञानिकहरुले बताएका छन् । राजधानी रिकिविकबाट करिव ४० किलोमिटरको दुरीमा रहेको रिकिन्स प्रायद्धिपको फाग्राडाल्स्फलमा शुक्रबार राति ज्वालामुखी बिस्फोट भएको हो ।

हाल ज्वालामुखीबाट निस्केको लाभाको गति कम रहेको र शान्त हुँदै गएको बैज्ञानिकहरुले बताएका हुन् । ज्वालामुखीबाट निस्केको लाभा सयौँ मिटरसम्म फैलिएका छन्।

गएका केही हप्ताहरुमा ज्वालामुखी क्षेत्रमा हजारौँ भूकम्पहरु गएका थिए । ज्वालामुखीबाट निस्केका ग्यासबाट हुन सक्ने प्रदुषणलाई प्रमुख चूनौतीको रुपमा लिइएको छ जसकारण सो क्षेत्र वरपरका स्थानीयलाई घरको झ्याल ढोका बन्द राख्न भनिएको छ ।

आइसल्याण्डको मौसम विभागले भने ज्वालामूखी विस्फोट पछि ठूला पत्थर तथा ढुंगाहरु आउन सक्ने तथा पहिरो समेत जान सक्ने भन्दै स्थानीय बासिन्दालाई सचेत गराएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);