एमालेद्वारा मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

एमालेद्वारा मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता

कर्णाली, ४ चैत । नेकपा एमालेले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार सुर्खेतको वीरेन्द्रनगरमा बसेको एमाले संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शाहीलाई दिएको समर्थन फिर्ता लिएको हो ।

बैठकमा सभामुखसहित नेकपा एमालेका २० मध्ये अध्यक्ष केपी ओली समूहका १० सांसद उपस्थित रहेको बताइएको छ । बैठकले एमालेको तर्फबाट सरकारमा गएका तीनजना मन्त्री प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढालाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ ।

दलको बैठकमा तीनजना मन्त्रीका साथै माधव नेपाल समूहका सांसद भने अनुपस्थित थिए । एमालेले समर्थन फिर्ता लिएपछि शाही नेतृत्वको सरकार संकटमा परेको छ । शाहीसँग अब राजीनामा दिने वा प्रदेश सभाबाट विश्वासको मत लिने विकल्प छन् ।

माधव नेपाल समूहका सांसदहरुले आपसी सहमति र छलफलबिनै डाकिएको बैठकले गरेको निर्णय मान्य नहुने बताएको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);