ढुकेर गोली प्रहार, बन्दुकको बिगबिगी | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

काठमाडौँ, २४ असोज । सोमबार दिउँसो बा १ च ९४८ नम्बरको ल्यान्डक्रुजर चढेर निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केको मौत्र थिए।

करिवब ३ सय मिटर अघि बढेपछि उनको गाडीमा अचानक कसैले ईट्टा प्रहार गर्यो। गाडीको अगाडीको सिसामा प्वाल पर्यो। चालकले गाडीको गति कम गरेका मात्र के थिए, आन्दाजी ३०, ३५ बर्षका युवाले रिभलवरबाट गोली हानिहाले।

गौचनको छाती र पेटमा तीन गोली लाग्यो र रगत बग्दाबग्दै उनी अचेत भए । एकैछिनमा मीनभवस्थित सिभिल अस्पताल पुर्याईयो। अस्पताल पुर्याउनेवितिकै डाक्टरहरुले गौचनको मृत्यु भईसकेको घोषणा गरे। आजको कान्तिपुर दैनिकमा खबर छ।

ताजा समाचार