काठमाडौं, ३ चैत। मंगलबार पनि सुनको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य स्थिर रहँदा आजको सुन प्रतितोला ८६हजार ६सय रुपैँयामा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि सुनको मूल्य स्थिर रहेको थियो । आइतबार भने सुनको मूल्य प्रतितोलामा ४ सय रुपैँयाले बढेको थियो ।
सुनको मूल्य २ दिनसम्म स्थिर रहे पनि चाँदीको मूल्यमा भने केही बृद्धि भएको छ । सोमबार १ हजार २ सय ७५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैँयाले बढेर १ हजार २ सय ८० रुपैँया पुगेको महासंघले जनाएको छ ।