नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक जारी

काठमाडाैं, २ चैत । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक जारी छ । सोमबार पेरिसडाँडामा केन्द्रीय समितिको बैठक सुरु भएको हो । आइतबार सुरु भएको बैठकमा पार्टीको नाम फेर्नेदेखि सांसदलाई कारबाही गर्नेसम्मका एजेन्डा छन् ।

आइतबारको बैठकमा प्रदेश इञ्चार्जहरूले रिर्पोटिङ गरेका थिए । आफ्नो प्रदेशको संगठनात्मक अवस्थाबारे केन्द्रीय समितिमा उनीहरूले गरेको रिर्पोटिङका आधारमा थप संरचना निर्माण गर्ने माओवादीको तयारी छ । नेकपा विघटनपछि के कति नेता कार्यकर्ता एमालेमा प्रवेश गरे भन्ने आँकडाको रिपोर्टिङ प्रदेश इञ्चार्जले गरेका थिए ।

आजको बैठकमा प्रदेश इञ्चार्जको रिपोर्टिङमा थप छलफल हुनेछ । साथै, आजको बैठकमा पार्टीको नाम फेर्नेबारेमा पनि छलफल हुनेछ । माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्नेबारेमा छलफल गरेको थियो । त्यही आधारमा केन्द्रीय समितिमा प्रस्ताव आएको हो ।

आजको केन्द्रीय समितिको बैठकले यस विषयको टुंगो लगाउन सक्ने एक केन्द्रीय सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार एमालेको केन्द्रीय समितिमा मनोनीत भएका सांसदहरूको कारबाही प्रक्रिया पनि सुरु गर्ने निर्णय हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);