दाङ, २९ फागुन । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सघन उपचार कक्ष ९आइसियु सेवा नहुदाँ विरामीहरु बाहिर जानु पर्ने अवस्था अब अन्त्य हुने भएको छ। तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा करिब ८ बेडको आइसियु भवन निर्माण हुन लागे पछि अब अस्पतालले उक्त सेवा दिन भएको हो ।
उपमहानगरपालिकाको २१ लाख ४४ हजार ५ सय ७५ रुपैँया लगानीमा आइसियु भवन निर्माण कार्य सुरु भएको हो । ओशिस कन्स्ट्रक्सन घोराहीले निर्माण गर्न लागेको भवनको शनिवार उपमहागरपालिकाका मेयर घनश्याम पाण्डेले शिलान्यास गर्नु भएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै मेयर पाण्डेले उपमहानगरपालिकाले सानै भएपनि पहल शुरु गरेको बताउनुभयो । अस्पतालमा आइसियु सेवा नहुँदा उहाँले हिले आईसियु सवा सूचारु नहुँदा विरामीलाई बाहिर जिल्ला पठाउनु पर्ने बाध्यता भएता पनि अब यो समस्या अन्त्य हुने उहाँले बताउनुभयो ।
आइसियु सेवा दिनको लागि अस्पतालमा ठाउँ नहुदाँ कोरोना अस्पताल बेलझुण्डीमा राख्न बाध्य भएको भन्दै अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा डा। विनोद सिंहले बताउनुभयो । अस्पतालले पछिल्लो समय स्वास्थ्य सेवामा धेरै सेवाहरु दिदैँ आइरहेको भन्दै उहाँले अब आइसियु सेवा संचालनमा आए विरामीहरु बाहिर रिफर गर्न पर्ने बताउनुभयो ।