बाँके, २९ फागुन । बाँके जिल्लाको नेपालगञ्जमा अन्तर महिला सन्जाल भलिबल प्रतियोगिताको सुरु भएको छ । नेपालगन्ज उप महानगरपालिकाका मेयर डा धवल शम्सेर राणाले आज प्रतियोगीताको सुरुवात गर्नु भएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेको आयोजनामा कार्यक्रम गरिएको हो ।
प्रतियोगितामा पत्रकार महिला समुह , एन आई सि ई नेपालगन्ज, युनिभर्षल एकेडमी, जिल्ला राष्ट्रीय प्रजातान्त्रिक महिला संगठन, नारी तथा बालबालिका समिती नेपालगन्ज, नेपाल घरेलु तथा साना उधोग महिला संघ, नेपालगन्ज उप महानगरपालिका वडा न ४ का कर्मचारी र नगर राष्ट्री प्रजातान्त्रीक महिला संघ गरि नौ समुह सहभागी भएका छन ।