महाशिवरात्री पर्वका लागि तयारी अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २३ २०८१, शुक्रबार

महाशिवरात्री पर्वका लागि तयारी अन्तिम चरणमा

काठमाडाैं, २५ फागुन । महाशिवरात्रि पर्व नजिकिएसँगै सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । यस पर्वलाई व्यवस्थित गर्न र समग्र रुपमा दर्शनको व्यवस्थालाई थप प्रभावकारी बनाउन पशुपति क्षेत्र विकास कोषले ११ सदस्य उप समितिहरुको गठन गरी कार्य विभाजन गरेको छ ।

पशुपति क्षेत्र विकास कोषले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलन कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताउनु भएको हो । उहाले उक्त अवसरमा महाशिवरात्री पर्वको बारेमा सम्पूर्ण जानकारी गराउनु भएको थियो । गठन गरिएको उप समितिहरु मार्फत विभिन्न व्यवस्था मिलाइएको छ ।

जसमा सुरक्षा व्यवस्था, स्वयंसेवा परिचालन, स्वास्थ्य शिविर,वातावरण तथा सरसफाई, चुत्ताचप्पल, चन्दन वितरण , मन्दिर प्राङ्गण तथा पूजा, आबास , भोजना तथा भौतिक पूर्वाधार, साधुसन्त सेवा, दर्शन मार्ग, पार्किङ्ग तथा ट्राफिक व्यवस्थापन , धार्मिक कार्यक्रम, र साजसजावट रहेका छन् । सम्मेलनमा विभिन्न संघ सस्थाका प्रतिनीधीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);