उद्योगीहरुको समस्या सम्बोधन गर्ने अर्थमन्त्रीको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उद्योगीहरुको समस्या सम्बोधन गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

रुपन्देही, २१ फागुन । उद्योगीहरुका समस्याहरुलाई रचनात्मक सुझाव दिन नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन्।

रुपन्देहीको भैरहवामा सिद्धार्थ उद्योग वाणिज्यसंघको ६२ औँ साधारण सभामा बोल्दै मन्त्री पौडेलले नयाँ आर्थिक वर्षको लागि बजेटको तयारीको चरणमा प्रवेश गरेको बताउँदै उद्योगीहरुका समस्याहरुलाई रचनात्मक सुझावका साथ दिन अनुरोध गरेका हुन् ।

बजेटका माध्यमबाट उद्योगीहरुको समस्या सम्बोधन गरिने प्रतिवद्धता पनि मन्त्री पौडेलले जनाएका छन् । देशभरी उद्योगीहरुको समस्या संगठनहरुले संकलन गरी ल्याउन व्यवसायीहरुलाई आग्रह गर्दै मन्त्री पौडेलले समाधान गर्ने बताए ।

अर्थमन्त्री पौडेलले लगानीको वातावरण नभए सम्म देशको विकास नहुने बताए । उत्पादन क्षेत्रमा लगानी नगरे सम्म चाहे अनुसार विकास नहुने बताउँदै निजी क्षेत्रलाई प्रोत्साहनगर्ने र निजी क्षेत्रको समस्या समाधानगर्न तयार रहेको उनको दावी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);