धरानमा ‘ग्रासरुट’ फुटबल प्रशिक्षण सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

धरानमा ‘ग्रासरुट’ फुटबल प्रशिक्षण सुरु

बसन्त बान्तवा
धरान, २० फागुन ।
धरान फुटबलको ‘मिनि ब्राजिल’ भनेर पनि चिनिन्छ । धरानमा वर्षभरी नै फुटबलका गतिविधि हुने गरेको छ । धरानमा मोफसलकै पूरानो अन्तर्राष्ट्रिय प्रतियोगिता ‘बुढासुब्बा गोल्डकप’ २२ वर्षयता तथा वडास्तरीय ‘गोधुली फुटबल प्रतियोगिता’ २७ वर्षयता निरन्तर हुँदै आएका छन् । यी प्रतियोगिताबाट नेपालको फुटबल विकासमा धरानको महत्व पुष्टि हुन्छ ।

फुटबल खेलको विकासका लागि धरान उपमहानगरले बालबालिकाहरुलाई लक्षित गरेर ‘ग्रासरुट’ फटबल प्रशिक्षण कार्यक्रम अघि सारेको छ । मनोबैज्ञानिक ढंगले बालबालिकाहरुलाई फुटबल खेलप्रति आकर्षित गराउन प्रशिक्षण सहयोगि हुने विश्वास गरिएको छ ।

१२ वर्ष मुनिका बालबालिकाहरुलाई फुटबल खेलप्रति आकर्षित गराउन प्रक्षिण दिन सुरु गरिएको हो ।

धरान रंगशालामा प्रत्येक शनिबार हुने प्रक्षिणमा १ सय ५० बढी बालवालिकाहरु सहभागी हुने गरेका छन् । आँउदो असारसम्म हुने प्रशिक्षणमा फुटबलको आधारभुत तालिम दिइने छ ।

स्थानीय अभिभावकहरुले उपमहानगरको प्रयासको ले प्रशंसा गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);