दोस्रो तहका नेताहरुलाई लिएर एकता अभियान अगाडी बढाउने वामदेवको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

दोस्रो तहका नेताहरुलाई लिएर एकता अभियान अगाडी बढाउने वामदेवको घोषणा

काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले ओली र दाहाल–नेपाल पक्षको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अगाडी बढाउने बताएका छन्।

बिहीबार कोरोना भाइरस विरुद्धको खोप लगाउन निजामति अस्पताल बानेश्वर पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने जिकिर गरेका हुन् ।

एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिने सम्मको अवस्था सिर्जना गर्ने उनको भनाई छ । उनले भने – ‘ मेरो चाहिँ प्रयत्न के छ भने केपी ओली तिर रहेका सेकेन्ड जेनेरेशनका र प्रचण्डतिर रहेका सेकेन्ड जेनेरेशनका कमरेडहरुलाई एकताबद्ध गर्ने र तलबाट एउटा ठूलो पंक्ति तयार गर्ने र एकताको पक्षमा र जुन नेता एकताको पक्षमा हुनुहुन्न उहाँलाई भोट नदिने । यो अभियान अब हामीले चलाउँदै छौँ र चारैतिरबाट यी दुइटा नेतालाई घेराबन्दी गर्न सकियो भने एकता गर्न सकिएला ।’

उपाध्यक्ष गौतमले विभाजनउन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागी एकता अभियानमा लाग्ने आफ्नो अडान दोहो¥याएका छन्। पार्टी एकताको निम्ति आव्हान गर्ने नेताको पक्षमा आफु उभिनसक्ने पनि उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);