काठमाडौं, १८ फागुन । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्यमा १७ सय रुपैँयाले गिरावट आएको जनाएको छ । सोमबार प्रतितोला ८८ हजार ७ सयमा कारोवार भएको सुनको मूल्य मंगलबार ८७ हजार रुपैँया निर्धारण गरिएको छ ।
तेजाबी सुनको मूल्यमा पनि तोलामा १ हजार सात सय रुपैयाँले घटेर ८६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर १२ सय ९० रुपैँया निर्धारण भएको छ ।