दाहाल–नेपाल पक्षले राष्ट्रपतिविरुद्ध महा अभियोग ल्याउने तयारी गरेको बाँस्कोटाको खुलासा | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

दाहाल–नेपाल पक्षले राष्ट्रपतिविरुद्ध महा अभियोग ल्याउने तयारी गरेको बाँस्कोटाको खुलासा

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षका नेता गोकुल बाँस्कोटाले दाहाल–नेपाल पक्षले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महा अभियोग ल्याउने तयारी गरेको बताएका छन् ।

पूर्वमन्त्री बाँस्कोटाले मंगलबार बिहान ट्विट गर्दै दाहाल–नेपाल पक्षले राष्ट्रपति भण्डारीलाई हतोत्साहित बनाउनका लागि भएपनि महा अभियोग ल्याउने तयारी गरेको उल्लेख गरेका छन् । यसका साथै बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने तयारीमा रहेको पनि जिकिर गरेका छन् ।

बाँस्कोटाले नेकपा दाहाल–नेपाल पक्षलाई नेपाल कम्फरटेबल पार्टी भन्दै कटाक्ष समेत गरेका छन् । पछिल्लो समय दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजन अन्तर्वार्तामा आफ्नो पक्षको नेकपाले कांग्रेस र जसपासँग सहकार्य गरी अगाडि गए भारत कम्फरटेबल हुने भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । र उनको यो अभिव्यक्तिले चौतर्फी आलोचना पनि भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);