आफ्नै घरको बार्दलीबाट लडेर जनप्रतिनिधिको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

कालिकोट, २२ असोज । कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका-४ बाट दलित वडा सदस्यमा विजयी सुनाम्मे दर्जीको आफ्नै घरको बार्दलीबाट लडेर मृत्यु भएको छ।

शनिबार बेलुका खाना खाएर घरमा शौच जान लागेका बेला बार्दलीबाट खसेर दर्जीको मृत्यु भएको हो। मृत्यु भएका दर्जी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडा सदस्यमा विजयी भएका थिए।