बालविवाह गराउने कार्यमा संलग्न भएको आरोपमा दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बालविवाह गराउने कार्यमा संलग्न भएको आरोपमा दुई जना पक्राउ

वीरगञ्ज, १५ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जमा बालविवाह गर्ने गराउने कार्यमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

बालविवाह गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१६ नगवाका १९ वर्षे युवा र बालविवाह गराएको आरोपमा उनका ४६ वर्षीय बुवालाई जिल्ला प्रहरी कार्यालय पर्सालो शुक्रबार पक्राउ गरेको हो । ती युवाले माघ १९ गते वीरगञ्ज–१६ लक्ष्मीनारायण टोल बस्ने १७ बार्षीय युवतीसँग विहे गरेका थिए ।

आरोपीहरुकाविरुद्ध बालविवाह मुद्धामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अन्सन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

साथै प्रहरीले जिल्लामा यस्ता घटना हुन लागेको वा भएका थाहा भएमा तत्कालै नजिकको प्रहरी कार्यालयमा सूचना गराउन समेत अुनरोध गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);