दाहाल-नेपाललाई उपप्रधानमन्त्री पोखरेलको चुनौती “हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउ” | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

दाहाल-नेपाललाई उपप्रधानमन्त्री पोखरेलको चुनौती “हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउ”

काठमाडौं, १४ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।

प्रधानमन्त्री ओली निकट विद्यार्थी संघ अनेरास्ववियूले आरआर क्याम्पसमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री संसदीय सर्वोच्चता स्वीकार्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने बताए । उनले हिम्मत भए संसदमा अविश्वास प्रस्ताव ल्याउन दाहाल–नेपाल पक्षलाई चूनौती समेत दिएका छन् ।
“केपी ओली कसैले धारे हात लगाउँदैमा राजीनामा दिनुहुन्नँ,” उनले भने, “हिम्मत भए अविश्वासको प्रस्ताव ल्याऊ ।”

उनले केपी ओली लोकतन्त्र, संस्थागत गरिने निर्णयमा विश्वास गर्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने बताएका छन्। पोखरेलले दाहाल –नेपाल पक्षलाई कटु शब्द प्रयोग गर्दै दाहाल–नेपाल पक्षको निन्दा गरेका थिए ।

Leave a Reply