काठमाडौं, १४ फागुन । गत मंगलबार सर्बोच्च अदलतले प्रतिनिधिसभा विघटनलाई असैंवैधानिक भन्दै पुनस्थापनाको फैसला सुनाएको छ। सो फैसला पछि धेरैले खुशीयाली बनाएका छन् । तर खुशीयाली मनाउनेका लागि विघटनको अर्को बाटो बाँकी रहेको प्रतिनिधिसभा नियमावलीमा छ। त्यो हो प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधिसभा नियमावली २०७५ को धारा १५२ को उपधारा दुई अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन आवश्यक ठानेमा भनेर प्रधामनन्त्रीको ईच्छालाई जोडि दिएको छ।
सो धारामा भनिएको छ‘ प्रधानमन्त्रीले कुनैपनि वखतआफुमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिन सक्नेछ’ ।
यो धारा अनुसार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा नेपालको संविधानको धारा ९६-७-आकर्षित हुन्छ। यस अनुसार विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपति समक्ष संसद विघटनको शिफरिस गरी नयाँ चुनावको घोषणा गर्न सक्ने उल्लेख छ।