रुसी राष्ट्रपति पुटिनका विरोधी नेता नाभाल्नीलाई अज्ञात ठाउँमा लगिदै | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

रुसी राष्ट्रपति पुटिनका विरोधी नेता नाभाल्नीलाई अज्ञात ठाउँमा लगिदै

एजेन्सी, १४ फागुन । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनका विरोधी नेता एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर अज्ञात ठाउँमा लगिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई कहाँ लगिएको हो भन्नेबारे केही जानकारी दिइएको छैन ।

राष्ट्रपति पुटिनका कडा आलोचक नाभाल्नीलाई यही महिनाको सुरुमा भ्रष्टाचारको अभियोगमा जेल पठाइएको थियो । रुसको एक अदालतले उनलाई ३ बर्षको जेल सजाय सुनाएको थियो । नाभाल्नीलाई सुनाइएको जेल सजायको बेलायत, फ्रान्स, जर्मनी, अमेरिका र युरोपियन युनियनले निन्दा गर्दै नाभाल्नीलाई तत्काल रिहा गर्न आग्रह समेत गरेको थियो भने धेरै प्रदर्शनहरु पनि भएका थिए ।

उनको रिहाईको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले सयौँ प्रदर्शनकारीहरुलाई पक्राउ समेत गरेको थियो । यसै बर्षको जनवरीमा जर्मनीबाट रुस फर्किएलगत्तै विमानस्थलबाट पक्राउमा परेका नाभाल्नीलाई त्यो बेलादेखि नै हिरासतमै राखिएको थियो ।

गत अगस्टमा घातक विष खुवाइएपछि बिरामी परेका नाभाल्नीको झण्डै ज्यान गएको थियो । उनको जर्मनीमा उपचार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);