नेकपाको दुबै पक्षसंग सहकार्य गरेर अगाडि बढ्न नसक्ने कांग्रेसको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेकपाको दुबै पक्षसंग सहकार्य गरेर अगाडि बढ्न नसक्ने कांग्रेसको निष्कर्ष

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसले नेकपाको दुबै पक्षसंग तत्कालै सहकार्य गरेर जान नसक्ने निष्कर्ष निकालेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको सो पार्टीका पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार यस विषयमा पार्टी भित्र र बाहरी थप छलफल गरिने छ ।

बैठकपछि संचारकर्मीसंग बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नेपाली कांग्रेस नेकपाको दुबै पक्षसंग मिलेर नजाने बताए । उनले दुबै पक्षबाट प्रधानमन्त्रीको लागि प्रस्ताव आएको भएपनि त्यो आफुलाई स्वीकार नहुने जानकारी दिए । उनले संसदले गर्ने फैसला आफुलाई मान्य हुने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);