आइतबार राति पाँच वर्षका बालकको घाँटी थिचेर हत्या | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

धादिङ, २२ असोज । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १, ब्रुन्दीमा आइतबार राति एक बालकको रहस्यमय तरिकाले हत्या भएको छ।

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १, ब्रुन्दीका २५ वर्षका आसमान तामाङले पाँच वर्षका बालक विवेक तामाङको हत्या गरेको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए। हत्यामा संलग्न आसमान तामाङलाई प्रहरीले पक्राउ गरिसकेको छ।

घरमै सुतेका ५ वर्षीय विवेक तामाङको घाँटी थिचेर हत्या गरेको ताल्तीका शिक्षक तुलसी थापाले बताएका छन्।