काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला गरेपछि संसदमा अनेक समीकरणका कसरत सूरु भएका छन् । बुधबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रचण्ड र माधव नेपालले आफुहरुसंग मिलेर जान प्रस्ताव गरेका छन् ।
सभापति देउवाले यस बिषयमा पार्टी भित्र छलफल गरेर जवाफ दिने आश्वासन दिएका छन् । ओली पक्ष नेकपाको बुधबार बसेको स्थायी समिति बैठकले पनि विभिन्न पार्टीहरुसंग छलफल गर्ने निर्णय गरेको छ।
अबको समीकरणमा बिशेष गरी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेकपाको दुबै पक्षको तानातानमा परेका छन् । नेपाली कांग्रेस सरकारमा उसको प्रमुख प्रतिपक्ष गुम्ने छ। यदि नेकपाको दुई समूहमध्ये एक समूह प्रतिपक्षमा बसेपनि कांग्रेसको प्रमुख प्रतिपक्ष खोसिने खतरामा छ । किन कि नेपाली कांग्रेसको ६१ साँंसद छन् ।
संसदमा नेकपाको एउटा समूह मात्र प्रतिपक्षमा बस्यो भने त्यो प्रमुख प्रतिपक्षको हैसियतमा रहने छ । किनभने कांग्रेसका भन्दा १ सिट भएपनि नेकपा समूहको हुने छ । नेपाली कांग्रेसले सरकारमा नगई फ्लोरबाट नेकपाको एउटा समूहलाई समर्थन गरेको खण्डमा पनि उसको प्रमुख प्रतिपक्षको हैसियत गुम्ने छ।