रोनाल्डोको गोलमा युभेन्टसको सहज जित | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

रोनाल्डोको गोलमा युभेन्टसको सहज जित

एजेन्सी , ११ फागुन । इटालियन सिरी ए फुटबलमा युभेन्टसले सहज जित निकालेको छ । लिग अन्तर्गत सोमबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्टसले क्रोटोनेलाई ३–० ले पराजित गरेको हो ।

युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले हेड मार्फत गरेका दुई गोल गर्न सफल रहे । रोनाल्डोले ३८ र पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा हेड मार्फत गोल गरेका हुन् । यस्तै वेस्टन म्याकेनीले ६६ औँ मिनेटमा गोल गरे ।

जितसँगै युभेन्टस २२ खेलबाट ४५ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको इन्टर मिलान ५३ अंकसहित शीर्ष स्थानमा छ भने एसी मिलान ४९ अंकसहित लिगको दोस्रो स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);