षडयन्त्रपूर्वक संविधानबाट हिन्दु शब्द हटाएको राप्रपाका अध्यक्ष थापाको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

षडयन्त्रपूर्वक संविधानबाट हिन्दु शब्द हटाएको राप्रपाका अध्यक्ष थापाको आरोप

kamal thapa

काठमाडौं, २१ असोज ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा हिन्दुत्वको पहिचानलाई जोगाई राख्न हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गरिरहनु परेको स्पष्टिकरण दिएका छन् ।

अध्यक्ष थापाले षडयन्त्रपूर्वक संविधानबाट हिन्दु शब्द हटाएपनि मुलुकमा हिन्दु धर्म भने कायमै रहेको र कायम रहिरहने दावी समेत गरे । नेपाल सनातन धर्म संस्कृति संगठनले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु धर्मको नाममा शासन चलाउने पक्षमा नरहेको पनि बताए । अध्यक्ष थापाले सिंगै मुलुकमा हिन्दुत्व कायम रहेकाले यसको विरोध गरिरहनुको औचित्य नभएको पनि स्मरण गराए ।

अध्यक्ष थापाले हिन्दु धर्मलाई नेपालीबीचको भाईचारा सम्बन्धको मुख्य आधारको रुपमा पनि चित्रण गरे ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);