मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको काम रफ्तारमा | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको काम रफ्तारमा

.बागलुङ, ९ फागुन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग बागलुङ सदरमुकाम खण्डको काम तिव्र गतिमा भईरहे्को छ । यस लोकमार्गको काम सुस्त गतिमा भएको भन्ने खबर प्रसारण भएपछि यतिबेला कामको जिम्मेवारी लिएको ठेकेदार कम्पनीले आफ्नो सक्रियता बढाएको छ ।

२०७८ साल जेष्ठ सम्म निर्माणकार्य सम्पन्नगर्ने लिखित सहमति गरेको ठेकेदार कम्पनीले गरेको कामको अनुगमन समेत शुरू भएको छ । २५ किलोमिटर सडकको काम बर्षाै बितिसक्दा समेत ठेकेदार कम्पनीले कालोपत्रे नगरेको गुनासो आएपछि मंसिरको दोस्रो साता जिल्ला प्रशासन कार्यालय बागलुङमा ठेकेदार कम्पनीलाई राखेर २०७८ जेष्ठ भित्र सम्पन्न गर्ने लिखित सहमति गरे पछि कामले गतिलिन थालेको छ ।

सदरमुकामदेखि बिहुँ सम्मको १३ किलोमिटरमा भरत ’सिद्विसाई जेभी’ र घोडाबाँधे सम्मको १२ किलोमिटर एमपीक सिएफइसिसी जेभीले कालोपत्रेको ठेक्का पाएको थियो । १ हजार ७ सय ८६ किलोमिटर रहेको लोकमार्ग गण्डकी प्रदेशको दोस्रो मुख्य ब्यापारी केन्द्र बागलुङ जिल्लामा मात्रै १ सय ३५ किलोमिटर पर्दछ ।

घोडाबाँधेदेखि पश्चिमको १ सय १२ किमी सडक भने कालोपत्रे भैसकेको छ । पहाडी क्षेत्र हुँदै पूर्वपश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग बागलुङको मध्यभाग बाट जोडिएको छ । बागलुङ बाट रूकुम हुदै सुदुर पश्चिमको सुर्खेत जोडिने मध्यपहाडी लोकमार्ग छोटो दुरीको सडकमार्ग भएको कारणले पनि यो सडक निर्माणको काम सम्पन्न भएमा राजधानी देखि सिधै यातायात संचालनहुने मात्र हैन यहाँका जनताको आर्थिक समृद्धिको ढोका समेत खोल्न मद्दत पुग्ने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);