प्रतिबन्धहरू फुकुवा गर्न अमेरिकासँग इरानको पुनः आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

प्रतिबन्धहरू फुकुवा गर्न अमेरिकासँग इरानको पुनः आग्रह

एजेन्सी, ८ फागुन । इरानले आफ्नो देशमाथि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध लगाएका सबै किसिमका प्रतिबन्धहरु फुकुवा गर्न नयाँ अमेरिकी प्रशासन समक्ष पुनः आग्रह गरेको छ ।

इरानी विदेश मन्त्री मोहम्मद जावाद जरिफले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले इरान विरुद्ध लगाएका सबै किसिमका प्रतिबन्धहरु विना शर्त र प्रभावकारी रुपबाट तत्कालै फिर्ता लिन आग्रह गर्नुभएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इरानको आणविक समस्यालाई लिएर वार्ता गर्न इच्छा व्यक्त गरेलगत्तै इरानले यस्तो आग्रह गरेको बताइएको छ । बिहीबार युरोपेली गठबन्धनका मुलुकहरुको अगुवाईमा बाइडेन प्रशासनले इरानसँग वार्ता गर्न इच्छुक रहेको जनाएको थियो ।

इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतालाई बचाउन पनि अमेरिका र युरोपेली मुलुकहरु एक ठाउँमा उभिन लागेका हुन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले इरानी आणविक कार्यक्रमका बारेमा कुटनीतिक पहलका लागि इरान र आणविक सम्झौताका पक्ष राष्ट्रहरुबीच छलफल गर्न गरिएको निमन्त्रणालाई अमेरिकाले स्वीकार गरेको बताउदै आउनुभएको छ ।

आणविक सम्झौताप्रति विमति राख्दै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा उक्त सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरी इरानविरुद्ध कडा प्रतिबन्धहरु लगाउनु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);