काठमाडाैं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरूद्धमा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ । सभाको लागि कांग्रेसले शीर्ष नेताहरुलाई जिल्ला जिल्लामा खटाएको छ ।
सभापति शेरबहादुर देउवा बुटवलमा हुने प्रदर्शनमा सहभागी हुनेछन यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशशरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङ, ललितपुरमा विश्वप्रकाश शर्मालगाएतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आजको प्रदर्शनमा पनि उत्साहजनक सहभागिता देखाउन पार्टी सभापति शेरबहादुर देउवाले आग्रह समेत गरेकाछन । सभापति देउवाले आइतबार विज्ञप्ती जारी गर्दै आज हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कांग्रेसले यसअघि केन्द्र्रदेखि वडा तहसम्मै विरोध प्रदर्शन र सभाहरु आयोजना गरिसकेको छ ।