टाइगर कप महिला भलिबलकाे उपाधी पुलिसलाई | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

टाइगर कप महिला भलिबलकाे उपाधी पुलिसलाई

पोखरा, १ फागुन । पोखरामा जारी प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । 

आज पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधी जितेको हो । पुलिसले पहिलो सेटमा एपिएफलाई २५-२२, दोस्रो सेटमा २५-२२ र तेस्रो सेटमा २५-२१ ले हराउँदै उपाधी जितेको हो । विजेता नेपाल पुलिस क्लबले मेडल, प्रमाण पत्र र ट्रफि सहित १ लाख ५० हजार रुपैया प्राप्त गरेको थियो  । 

साथै व्यक्तिगत विधातर्फ महिलातर्फको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी स्पाइकर उषा भण्डारी, उत्कृष्ट सटर पुलिस क्लबकी कमला पुन, उत्कृष्ट डिफेन्डर पुलिसकै सान्तिकला तामाङले उपाधी हात परेका छन् भने उत्कृष्ट प्रशिक्षकको उपाधी समेत नेपाल पुलिस क्लबकै रुपेश विष्टले हासिल गर्नुभएको थियो  ।

Leave a Reply