भारतको तमिलनाडुस्थित एक पटाका उद्योगमा आगलागीपछि विस्फोट | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

भारतको तमिलनाडुस्थित एक पटाका उद्योगमा आगलागीपछि विस्फोट

एजेन्सी, १ फागुन । भारतको तमिलनाडुस्थित पटाका उद्योगमा आगलागीपछि विस्फोट हुँदा ११ कामदारको मृत्यु भएको छ भने अन्य ३६ जना घाइते भएका छन् ।

विरुधुनगर जिल्लाको निजी पटाका उद्योगमा पटका बनाइरहेको समयमा भएको विस्फोटबाट त्यहाँ रहेका कामदामको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसैबीच घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै उहाँले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २–२ लाख र घाइते परिवारलाई ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);