ब्राउनसुगर र गाँजा सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

ब्राउनसुगर र गाँजा सहित ३ जना पक्राउ

pakrau

झापा, ३० माघ । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित झापामा ३ जना पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिका–११ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र गाँजा सहित ३ जना पक्राउ परेका हुन् ।

बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ बर्षीय रबिन तामाङ, २८ बर्षीय दिल कुमार राई तथा भद्रपुर–५ का ३८ बर्षीय हिलिहाङ तुम्बाम्फोलाई बिहिवार राती साँढे ७ बजे प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ४८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, ट्रमाडोल क्याप्सुल ५९ ट्याब्लेट र २०० ग्राम गाँजा बरामद गरेको छ । उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);