किशोर तामाङ
कञ्चनपुर, २५ माघ । कञ्चनपुरको नेपाल भारत सिमावर्ती क्षेत्रमा नक्कली नोटको कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
बेल्डाँडी गाउँपालिकाको सिमावर्ती भारतीय बजार जिल्ला पिलिभित खजुरिया भन्दा करिब ३-४ किलोमिटरको दुरीबाट भारतीय प्रहरीको सहयोगमा दुई जना नेपाली नागरिक पक्राउ गरेको र उनीहरूसँगै रहेको भारतीय नागरिक भने फरार फरार रहेको प्रहरीले जनाएकाे छ।
पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ का रमेश खाती र काठमाडौं महानगरपालिका वडा नम्बर १४ बस्ने बिष्णु भट्ट रहेको प्रहरीले जनाएकाे छ । उनीहरूको साथबाट ३ थान नक्कली नोट र नोट बनाउन प्रयोग गर्ने काँचको मेसिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि अहिले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा राखिएको कञ्चनपुर प्रहरी प्रवक्ता शाहीले जानकारी दिनुभयो।




