एजेन्सी, २२ माघ । म्यानमारमा सोमबार भएको सैन्य ‘कू’ पछि नेता आङ सान सूचीमाथि थुप्रै आरोप लगाइएको छ । प्रहरीको दस्तावेज अनुसार सूचीलाई १५ फेब्रेअरीसम्म हिरासतमा राखिने छ ।
आङ सान सूचीमाथि आयात निर्यातको नियम उल्लंघन गरेको र गैर कानूनी ढंगले दूरसंचार यन्त्र राखेको लगायतका आरोप लगाइएको छ । सुचीलाई राखिएको स्थानबारे जानकारी भने दिइएको छैन । तर सुचीलाई राजधानी नेपीडावमा उहाँकै घरभित्रै नजरबन्दमा राखिएको संचार माध्यमहरुले जनाएका छन् ।
अपदस्थ राष्ट्रपति विन मिनमाथि पनि थुप्रै आरोप लगाइएको छ । मिनमाथि कोरोना महामारीमा लगाइएका प्रतिबन्धउल्लंघन गरेको आरोप लगाइएको छ । मीनलाई पनि दुई हप्ताका लागि प्रहरी हिरासतमा पठाइएको छ । म्यानमारमा फेब्रेअरी एकमाा सेनाले सत्ता हातमा लिएपछि सूची र राष्ट्रपति मिनको तर्फबाट कुनै बयान आएको छैन ।
दुवैजनाको अवस्था पनि सार्वजनिक भएको छैन । अहिले म्यानमाारमा सत्ता संचालनका लागि ११ सदस्यको एक सैन्य सरकार बनेको छ । सैनिक कूको विरोध हुन थालेपछि म्यानमारमा सामाजिक संजाल फेसबुकमाथि प्रतिबन्ध लगाइएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।