कोरोनाविरुद्धको नक्कली खोप बनाएको आरोपमा ८० जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८१, आइतबार

कोरोनाविरुद्धको नक्कली खोप बनाएको आरोपमा ८० जना पक्राउ

एजेन्सी, २१ माघ । चीनमा नक्कली कोरोना भाइरसविरुद्धको खोप बनाएको आरोपमा ८० जना पक्राउ परेका छन् । राजधानी बेइजिङ, सांघाई र शाङडोङ प्रान्तमा नक्कली खोप बनाउनेहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुले गत सप्टेम्बरदेखि नै खोप निर्माणको काम गर्दै आएको तीन हजार डोज खोप उत्पादन गरेको बताइएको छ । उनीहरुले स्लाइनलाई सिरिन्जमा तानेर विदेश पठाउन नक्कली खोप तयार पार्ने गरेको अनुसन्धानमा खुलेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् ।

उत्पादित ती नक्कली खोपहरू नष्ट गरिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ । चीनमा सिनोभ्याक र सिनोफर्मले विकास गरेका कोरोनाविरुद्धको खोप लगाइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);