'छक्का पञ्जा २' : नौ दिनमा साढे नौ करोडको व्यापार | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

काठमाडौं,२० असोज ।  दिपाश्री निरौला निर्देशित दोश्रो चलचित्र  ‘छक्का पञ्जा २’ ले प्रदर्शनको पहिलो दिनमै डेढ करोडको व्यापार गरेर नयाँ रेकर्ड कायम गरिसकेको छ ।

दशैंको अवसर पारी फूलपातीदेखि प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ ले नौ दिनमा नौ करोड तेह्र लाखको व्यापार गर्न सफल भएको चलचित्र वितरक गोपाल काजी कायस्थले इमाउन्टेन टिभीलाई बताए।

‘छक्का पञ्जा २’मा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, गौरव पहारी, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का, लक्ष्मी गिरी, जयनेन्द्र लामा, शिवहरि पौडेल, किरण केसी, राजाराम पौडेल आदिको अभिनय रहेको छ । चलचित्रमा संगीत भने किरण कँडेल र अल्मोडा राना उप्रेती रहेको छ।

प्रदर्शनको एक सय दिन पुरा गरेको ‘छक्का पञ्जा’ले १७ करोडको ग्रस व्यापार गरेको थियो।

ताजा समाचार