सडकमा एजेण्डाविहीन विरोधका चर्का नारा, प्रदर्शनको होडबाजी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सडकमा एजेण्डाविहीन विरोधका चर्का नारा, प्रदर्शनको होडबाजी (भिडियोसहित)

देशभर अझैपनि कोरोनाको त्रास कायमै छ । देशमा राजनीतिक अस्थिरता दिनहँु जस्तै बढ्दै गएको छ । सडकमा विरोधका आवाज व्यापक रुपमा उठिरहेका छन् । एकले अर्कालाई कटाक्ष गर्नेक्रम निरन्तर जस्तो छ । सडकमा जनता ओराल्ने क्रम जारी छ । तर विरोध र नारा के का लागि ? बेरोजगार युवाका लागि रोजगारी दिनका लागि ? कोरोनाको महामारीमा विदेशमा अलपत्र परेका आफना नागरिकलाई स्वदेश फिर्ता ल्याउनका लागि ? गरिव असहाय, वृद्धवृद्धा तथा बालबालिकाको अधिकारको लागि ?

यी माथि उल्लेख भएका कुनै पनि विरोध गर्दै नारा लगाउदै सडकमा उर्लिने नेताहरुको एजेण्डा भएको देखिँदैन । विरोध छ त केवल आफ्नो निहित स्वार्थका लागि । एउटा व्यक्तिको निहित स्वार्थका लागि हजारौं जनतालाई अनाहकमा सडकमा ओराल्ने होडवाजी भैरहेको छ । एकअर्थमा भन्ने हो भने राजनीतिक दलको सम्पति भनेको कार्यकर्ता नै हो । दल समृद्ध बनाउन कार्यकर्ता अनिवार्य शर्त हो ।

जुन अपरिहार्य पनि छ । तर कार्यकर्ता संरक्षण भन्नासाथ आर्थिक र राजनीतिक संरक्षण भन्ने बुझिन्छ । राजनीतिक संरक्षण भन्नाले कुन स्तरको राजनीतिक कार्यकर्ता निमार्ण हुँदैछ ? त्यसले नै राजनीतिक स्थिरता र विकस निमार्णका कुराहरु पहिल्याउन सकोस् र देशले विकासको गति लिन सकोस् । कार्यकर्ता भनेको आर्थिक रुपमा नभइ बैचारीक र नैतिक हुनुपर्छ ।

तर दुर्भाग्य नेपालका नेता तथा कार्यकर्ता पद र कुर्सी जता पाइन्छ, त्यतै हो मा हो मिलाउने मात्र छन्, जसले गर्दा देशले स्थीरताको बाटो समाउन सकेको छैन । राजनीति भनेको समाज निर्माणको प्रकृया पनि हो । राजनीतिले सामाजिक व्यवस्थालाई सुव्यवस्थित गर्ने हो । राजनीतिले सामाजीक व्यवस्थालाई सुव्यवस्थित गर्ने हो । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे पश्चात नेपालको राजनीति निकै अस्थिर बनेको छ ।

संवैधानिक निकाय, नागरिक समाजका अगुवा, नेता तथा कार्यकर्ता तथा भातृसंगठनहरु सबैको ध्यान त्यतै छ । शीर्षस्त नेतृत्व एक अर्काेको आरोप प्रत्यारोप गर्न र सडकमा कार्यकर्ता लिएर नारा जुलुस गर्न व्यस्त छन् । अर्काेतर्फ काम गरिरहेका जनतालाई आफ्नो निहित स्वार्थपूर्तिको लागि सडकमा लिएर भाषण सुनाइरहेका छन् ।

‘प्रधानमन्त्रीको कदम असंवैधानिक छ’ भनेर आफूलाई नागरिक समाजको अगुवा भन्दै सडकमा उफ्रिनेहरुलाई प्रत्येक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना नागरिकको शव आएको थाहा हुनु पर्ने कि नपर्ने ? नेताको छत्रछायाँमा माइतीघर मण्डलामा उफ्रिने कार्यकर्ताहरुलाई देशमा बेरोजगारीको समस्या दिनानुदिन बढेको प्रति ध्यान हुनु पर्ने कि नपर्ने ? सधैंभरी नेताको पछि लागेर भाषण सुनेर हो मा हो मिलाएर देशको विकास कहिले हुने ? जबसम्म जनता, नेता तथा कार्यकर्तामा यी र यस्ता कुराहरुप्रति ध्यान जान सक्दैन, तबसम्म राजनीतिक स्थिरता र देश विकास हुँदैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);