काठमाडौं, १९ माघ । नेकपाको दाहाल–नेपाल पक्षले निर्वाचन आयोगमा आधिकारिकता दावी गर्ने निर्णय गरेको छ । सो पार्टीको सोमबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकले गरेको निर्णय अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश भएको हो । बैठकले नेकपाका दुवै पक्षले यसअघि आ आफ्नो निर्णय अभिलेखीकरणका लागि पत्र पठाएका थिए । दुवैको दाबी नपुगेको निर्णय आयोगले गरेपछि प्रचण्ड-माधव पक्ष दलको आधिकारिकता मागेर आयोग जान लागेको हो ।
यस अघि प्रधानमन्त्री ओली पक्षले थप गरेका १हजार १ सय केन्द्रीय सदस्य र नेपाल दाहाल पक्षले ओललिाई अध्यक्षबाट हटाएको निर्णयलाई आयोगले मान्यता दिएको थिएन।