पर्सामा हालसम्म १ हजार ८ जनाले लगाए कोभिडविरुद्धको खोप | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

पर्सामा हालसम्म १ हजार ८ जनाले लगाए कोभिडविरुद्धको खोप

अनिल पाण्डेय

वीरगञ्ज, १८ माघ । नेपालमा पाँच दिनदेखि कोरोना भाइरस विरूद्धको खोप अभियान जारी छ । भारतले नेपाललाई खोप अनुदानमा उपलब्ध गराएपछि अभियान सुरु भएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पताल ,नेशनल मेडिकल कलेज, मोबाईल टोलि कारागारमा भएको कैदी तथा सुरक्षाकर्मीको लागि र पोखरीया अस्पताल गरी चार केन्द्र बनाई कोभिड खोप लगाईरहेको जानकारी जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कामेश्वर प्रसाद चौरसियाले दिनुभएको छ ।

पहिलो चरणमा जनस्वास्थ्य कार्यालय पर्सामा नाम दर्ता गराएका सरकारी तथा निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारी, सफाई कर्मचारी, एम्बुलेन्स चालक, शववहान चालक समेतलाई खोप लगाउने कार्यक्रम राखिएको छ । दोस्रो चरणमा फ्रन्टलाईनमा खटिने सुरक्षाकर्मीलाई खोप लगाइने योजना रहेको उहाँले बताउनुभयो ।

सरकारले जनस्वास्थ्य कार्यालय पर्सालाई पहिलो चरणको खोप कार्यक्रमका लागि पाँच हजार जनालाई पुग्ने खोप उप्ल्बब्ध गराएकोमा हिजो सम्म एक हजार आठ जनाले खोप लिएका छन् । अब चाहिँ चार वटा केन्द्र भएकोले लक्ष्य पुरा हुने पनि चौरसियाले बताउनुभएको छ ।

पोखरीया अस्पतालको निमित प्रमुखले आज पहिलो खोप लिई उद्घाटन गरेकोमा हाल सम्म कुनै साईड ईफेक्ट नभएको र केहि महसुस नभएको जानकारी दिनुभएको छ ।

नेपाललाई भारतले गत बिहीबार १० लाख डोज अनुदानमा खोप उपलब्ध गराएको थियो । भारतको सिरम इन्स्टिच्युटले अक्सफोर्ड एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ खोप ७० प्रतिशतभन्दा बढी प्रभावकारी ठानिएको छ ।

Leave a Reply