चीनले हङकङवासीको बेलायत पासपोर्टलाई आधिकारिक कागजात नमान्ने | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

चीनले हङकङवासीको बेलायत पासपोर्टलाई आधिकारिक कागजात नमान्ने

एजेन्सी, १६ माघ । चीनले हङकङवासीको बेलायत पासपोर्टलाई आधिकारिक कागजात नमान्ने घोषणा गरेको छ ।चीनको विदेशमन्त्रालयका प्रवक्ता झाऊ लिजियनले ब्रिटिश नेसनल ओभरसिज (बीएनओ) पासपोर्टलाई हङकङमा ट्राभल डकुमेन्ट वा परिचयपत्रको रुपमा मान्यता नदिइने बताउनुभएको हो ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा प्रवक्ता झाउले सो कुराको जानकारी गराउनुभएको हो ।उहाँका अनुसार आगामी आइतबारदेखि नै सो नियम लागु हुनेछ ।चीनले गत वर्ष हङकङमा राष्ट्रिय सुरक्षा नीति लागु गरेपछि त्यसको विरोधमा ठूलो आन्दोलन भएको थियो ।

यता, बेलायत सरकारले भने आफ्नो हङकङका नागरिकलाई विशेष भिसा परियोजना (बीएनओ) मार्फत बेलायत भित्र्याउन तयारी पूरा भएको जानकारी दिएको छ ।बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बीएनओे मार्फत हङकङका जनतालाई बेलायतमा बसोबासका लागि स्वागत गर्न आतुर रहेको बताउदै यस कुराले अत्यन्तै गर्व महसुस गर्छु भन्नुभएकोछ ।

योजनाअनुसार बेलायत सरकारले आगामी आइतबार अपराह्न ५ बजेदेखि आवेदन खुला गर्दैछ । आवेदन फेबअरी २२ सम्म दिन पाइने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);