एजेन्सी, १६ माघ । चीनमा रहेको विश्व स्वास्थ्य सङगठन डब्लुएचओको टोलीले क्वारेन्टीन अवधि सकिएसंगै कोरोना भाइरस उत्पत्तीका सम्बन्धमा अनुसन्धान थालेको छ । चिनियाँ विदेश मन्त्रालयले डब्लुएचओको टोलीको १४ दिने क्वारेन्टाइन अवधि सकिएसंगै अध्ययन कार्य सुरु गरेको जानकारी दिएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिनले दिएको जानकारी अनुसार टोलीले अन्तर्राष्ट्रिय अभ्यास र मापदण्डको पालना गरेर क्वारेन्टाइन अवधि पुरा गरेको छ । कोरोनाभाइरसको उत्पत्ति भएको मानिएको देशमा त्यसको उत्पत्तिको बारेमा अध्ययन गर्न भन्दै डब्लुएचओको टोली चीन आएको हो ।
क्वारेन्टीनबाट निस्किएपछि उनीहरुलाई चिनियाँ पक्षले अध्ययनका लागि अव चाहेको ठाउँमा जान स्वीकृति दिइने भएको छ । अध्ययनका क्रममा पनि डब्लुएचओको टोलीले सामाजिक दुरी कायम राख्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्ने लगायतका नियम भने निरन्तर पालना गर्नु पर्ने जनाइएको छ ।