मृतकका परिवारलाई ६ करोड ७७ लाख क्षतिपूर्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मृतकका परिवारलाई ६ करोड ७७ लाख क्षतिपूर्ति

Death body

काठमाडौँ, २० असोज । संयुक्त अरब इमिरेट्स ९यूएई०मा मृत्यु भएका ९१ जना मृतक नेपाली कामदारका परिवारले ब्लडमनीबापत २२ लाख ५६ हजार दिराम (झन्डै ६ करोड ७७ लाख) क्षतिपूर्ति पाएका छन् ।

आवुधावीस्थित नेपाली दूतावासका अनुसार मृतकका परिवारले पाएको क्षतिपूर्ति सम्बन्धितले पाउने गरी परराष्ट्र मन्त्रालय पठाइएको छ।

परराष्ट्रले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत क्षतिपूर्ति रकम वितरण गर्नेछ। क्षतिपूर्ति पाउनेमा पाँच बर्षअघि मृत्यु भएका समेत रहेका छन्। आजको कान्तिपुरमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);