भारतमा कोभिडबाट मृत्यु भएका व्यक्तिलाई दिने क्षतिपूर्ति अदालतद्वारा सदर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतमा कोभिडबाट मृत्यु भएका व्यक्तिलाई दिने क्षतिपूर्ति अदालतद्वारा सदर

एजेन्सी । भारतको सर्वोच्च अदालतले कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार क्षतिपूर्ति दिने निर्णय सदर गरेको छ । वकिलहरुले कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवारलाई भारतको विपद् व्यवस्थापन कानुनअन्तर्गत दिइनुपर्ने माग गर्दै सर्वोच्चमा उजुरी गरेका थिए ।

सन् २००५ मा बनेको सो कानुनले विपद्मा मृत्यु भएमा परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ ।

भारतमा कोभिडबाट अहिलेसम्म चार लाख ४७ हजार जनाको मृत्यु भइसकेको छ । तर सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा १० गुणा बढीको कोभिडबाट मृत्यु भएको हुन सक्ने विज्ञहरुले अनुमान गरेका छन् ।  

न्यायाधीश एमआर साहले फैसला सुनाउँदै भने, ‘मृतकको सबभन्दा नजिकको नातेदारलाई सरकारले तोकेको क्षतिपूर्ति तिर्नुपर्नेछ । ’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);