नेपालमा भ्रष्टाचार बढेको ट्रान्सपरेन्सीको प्रतिवेदन | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

नेपालमा भ्रष्टाचार बढेको ट्रान्सपरेन्सीको प्रतिवेदन

काठमाडौं, १५ माघ । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा झन् भ्रष्टाचार बढेको जनाएको छ । १ सय ८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १ सय १७ औं स्थानमा छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार संसारभर एकसाथ सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक सीपीआईमा नेपाल ३३ अंक सहित १ सय १७ औं स्थानमा झरेको हो । गत वर्ष यस सूचीमा नेपालको ३४ अंक सहित १ सय १३ औं स्थानमा रहेको थियो ।

यसले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ । सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ ।

‘सीपीआई २०२० मा नेपालका लागि समाविष्ट विभिन्न ६ संस्थाका सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग रहनु, सार्वजनिक पदाधिकारी माथी कारवाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु जस्ता समस्या कायमै रहेको सन्देश दिएको ट्रान्सपरेन्सीले जनाएको छ ।

यस वर्षको सूचकांकमा समावेश १ सय ८० देशमध्ये डेनमार्क र न्युजील्याण्ड ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् । साउथ सुडान र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);